नयाँ रूपमै पल्सर १५० नेपाली बजारमा

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

काठमाडौं । बजाज ले आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर १५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ मोडलले नेपाली मोटरसाइकल बजारमा थप उत्साह ल्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीका अनुसार नयाँ पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बिएस ६ भि इन्जिन, सिङ्गल च्यानल एबिएस, एलइडी हेडलाइट तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटल कन्सोल जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको छ। यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाउने कम्पनीको भनाइ छ।

मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन (एफआई) प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी एबिएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउनेछ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई अझ आधुनिक बनाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ बजाज पल्सर १५० नेपालभर रहेका बजाज अटोका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको छ। मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ।

नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बजाज मोटरसाइकलको आधिकारिक वितरकका रूपमा सेवा दिँदै आएको छ। कम्पनीले ग्राहकलाई बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको जनाएको छ।

त्यस्तै नागरिकताको आधारमै फाइनान्स सुविधा उपलब्ध गराइएकाले पहिलेझैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल तथा आयस्रोत प्रमाणपत्रजस्ता अतिरिक्त कागजात आवश्यक नपर्ने बताइएको छ। शून्य सेवा शुल्क र सरल किस्ताबन्दीमा ‘अन द स्पट’ फाइनान्समार्फत ग्राहकले सहज रूपमा मोटरसाइकल खरिद गर्न सक्ने कम्पनीको दाबी छ।

नयाँ पल्सर १५० को आगमनसँगै नेपाली युवा तथा मोटरसाइकल पारखीहरूले अझ शक्तिशाली, आकर्षक र प्रविधिमैत्री राइडिङ अनुभव पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। इच्छुक ग्राहकहरूले नजिकको बजाज शोरुममा गई मोटरसाइकलबारे थप जानकारी लिन तथा टेस्ट राइड गर्न सक्नेछन्।

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार