नेप्सेमा बजार उछाल, राजनीतिक सकारात्मक संकेतसँगै

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय समाजवादी पार्टी ले दुई तिहाइ बहुमत ल्याउने संकेत पाएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर बजारमा उल्लेखनीय उछाल आएको छ।

आज नेप्से खुलेको मात्र २ मिनेटमै १०८.६० अंकले बढ्दै पोजिटिभ सेक्टर ब्रेक लागेको हो। बन्द समयसम्म नेप्से ४ प्रतिशतले वृद्धि भएर २८२१.१० विन्दुमा पुगेको छ।

बजार विश्लेषकका अनुसार राजनीतिक स्थिरताको संकेतले लगानीकर्ता विश्वास बढाएको र शेयर बजारमा सकारात्मक भावना उत्पन्न गरेको छ। यससँगै वित्तीय परिसंपत्तिमा सुधार र उच्च कारोबार देखिएको छ।

शेयर बजारमा यस्तो उछालले लगानीकर्तालाई उत्साहित बनाएको र आगामी दिनमा थप आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार