शेयर बजारमा दोस्रो ठूलो उछाल, नेप्से २८४८ विन्दुमा पुगे

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई तिहाइको सरकार गठन गर्ने संकेतपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोस्रो सकारात्मक सक्रिट ब्रेक लागेको छ।

पहिलो सक्रिट ब्रेक लागेर २० मिनेट बजार बन्द भएपछि दोस्रो सक्रिट ब्रेक लागेको हो। दोस्रो सक्रिट ब्रेकमा शेयर बजार ५ प्रतिशत (१२५.७२ अंक)ले वृद्धि भई परिसूचक २८४८.२२ विन्दुमा पुगेको छ। बजारमा आएको यो बुललाई ‘बालेन बुल’ पनि भनिएको छ।

दोस्रो सक्रिट लगेसँगै बजार पुनः ४० मिनेटका लागि कारोबारमा ब्रेकमा गएको छ। नेप्से नियमअनुसार, बजार खुलेको पहिलो एक घण्टाभित्र परिसूचक ४ प्रतिशतले बढ्दा वा घट्दा २० मिनेटको ब्रेक लाग्छ भने दुई घण्टाभित्र ५ प्रतिशत वृद्धि वा कमी भएमा ४० मिनेटको ब्रेक लाग्छ। यदि दिनभरी परिसूचक ६ प्रतिशतले बढेमा सो दिनका लागि कारोबार बन्द गरिन्छ।

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार