समानुपातिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मत गणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ८२ लाख ९९ हजार ६५० मत गणना भइसकेको छ।

पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४० लाख ६ हजार ६९४ मतसहित अग्रस्थानमा रहेको छ। यो कूल सदर मतको ४८.२८ प्रतिशत हो।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ जसले १३ लाख ४८ हजार ७९९ मत प्राप्त गरी कूल सदर मतको १६.२५ प्रतिशत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा एमाले ले ११ लाख ४२ हजार ३८१ मत पाएको छ, जसको प्रतिशत १३.७६ छ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी ले ५ लाख ८७ हजार २३० मत पाएको छ, जसको प्रतिशत ७.०८ रहेको छ।

अन्य पार्टीमध्ये श्रम संस्कृति पार्टी ले २ लाख ८९ हजार ९६१ मत (३.४९ प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ लाख ७४ हजार ९९१ मत (३.३१ प्रतिशत) प्राप्त गरेको छ।

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार