नेप्सेमा ऐतिहासिक उछाल, तेस्रो सक्रिट ब्रेकसँगै बजार बन्द

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तेस्रो सक्रिट ब्रेक लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइको सरकार बनाउने संकेत देखाएपछि शेयर बजारमा जोरदार उछाल आएको हो।

आजको बजारमा नेप्से ६ प्रतिशतले बढेर २८७५.४३ विन्दु मा पुगेको छ। यस क्रममा १६२.९३ अंकको बढोत्तरी देखिएको छ। सक्रिट ब्रेक लागेसँगै आजका लागि बजार बन्द गरिएको छ।

बजारमा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको ११ लाख ४३ हजार ७६७ कित्ता शेयर कारोबार भएको छ। यस समयमा कारोबारमा आएका २६१ कम्पनीमध्ये २५२ कम्पनीको शेयर बढेको देखिन्छ। केवल रिलायन्स स्पिनिङ मिल्स बाहेक सबै कम्पनीले सकारात्मक प्रदर्शन गरेका छन्।

आजको कारोबारमा कुल ४ हजार ५१ पटक शेयर किनबेच भएको छ। १३ वटा समूहमध्ये ‘ट्रेडिङ समूह ७.७३’ सबैभन्दा बढी बढेको समूह बनेको छ।

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार