कपनमा करेन्ट मार्टको नयाँ सेवा

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं । यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्र दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले कपनस्थित रिलायन्स कलेज नजिक आजदेखि नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो।

यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको सफलता र ग्राहकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले कपनमा दोस्रो शाखा विस्तार गरेको जनाएको छ।

नयाँ शाखाको उद्घाटनको अवसरमा ‘करेन्ट मार्ट’ मा उपलब्ध सम्पूर्ण उत्पादनहरूको खरिदमा ग्राहकलाई १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

कपनस्थित ‘करेन्ट मार्ट’ को उद्घाटन जीपी शाहप्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नवनिर्मित ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरूले कम्पनीद्वारा उत्पादित सम्पूर्ण उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ) सहित विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध छन्।

यसका साथै चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा जिरा पाउडर, धनिया पाउडर र रातो खुर्सानी पाउडरजस्ता विभिन्न मसला पनि उक्त मार्टमा पाइने कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जीपी शाहले बानेश्वर शाखामा ग्राहकहरूले देखाएको विश्वासले काठमाडौंका अन्य स्थानमा पनि सेवा विस्तार गर्न प्रेरणा दिएको बताए। उनका अनुसार कपन तथा आसपासका उपभोक्ताले अब आफ्नै क्षेत्रमा कम्पनीका ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नेछन्। उनले उद्घाटनको अवसरमा दिइएको १० प्रतिशत छुटको सुविधा उपयोग गर्न ग्राहकलाई आग्रह पनि गरे।

सन् २०१७ मा स्थापना भएको यशोदा फुड्स प्रा.लि. नेपालको अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध कम्पनीले छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रियता हासिल गरेको छ।

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार