काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनमा भारी मत प्राप्त गरी विजय हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।
प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै नेपाली जनतालाई पनि सफल निर्वाचनका लागि बधाई दिएका छन्। उनले भनेका छन्, “नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ। म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु।”
साथै उनले आगामी सरकारसँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुभकामना सन्देशमा उनले लेखेका छन्, “हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु।”
