सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर विरोध प्रदर्शन चर्किएको छ। उक्त घटनाको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न माग गरेका छन्। उनीहरुले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे’लगायतका व्यानर बोकेका थिए । देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै पीडितलाई न्याय दिलाउन युवाहरु र दलित अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन्।
