काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभजी नेपालमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प बनेको छ।
आकर्षक डिजाइन र बनावट
रेडमी नोट १५ फाइभजी तीन रंग—ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल—मा उपलब्ध छ। विशेष गरी मिस्ट पर्पल प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय भएको छ। रेड्मी सिरिजकै इतिहासमा सबैभन्दा पातलो स्मार्टफोन यसले हल्का, स्टाइलिस र सहज प्रयोगयोग्य लुक प्रदान गरेको कम्पनीले जनाएको छ।
बलियो ब्याट्री र लामो आयु
यसमा ५५२० मेगाहर्जको ब्याट्री छ, जसले झण्डै २ दिनसम्म चार्ज टिकाउँछ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज सुनिश्चित गर्छ। स्मार्टफोनले एकै पटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सक्ने सुविधा प्रदान गर्दछ।
प्रिमियम डिस्प्ले र उच्च प्रदर्शन
६.७७–इन्च ओएलइडी डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ। ३८४०एचजेट पीडब्लुएम डिमिङले आँखामा सहजता दिन्छ। स्मार्टफोनमा Snapdragon 6Gen ३ प्रोसेसर (4nm आर्किटेक्चर) र २४ जिबीसम्म र्याम सपोर्टसहित उच्च गति र स्मूद प्रदर्शन सुनिश्चित गरिएको छ।
फोटोग्राफी र मनोरञ्जन
रेडमी नोट १५ फाइभजीमा १८० एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २० एमपी फ्रन्ट क्यामेरा रहेको छ। बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई फिचरले व्यवसायिक स्तरको स्पष्टता र विवरण प्रदान गर्छ। Dual Speakers, एआई पोर्ट्रेट र Dynamic Shots २.० जस्ता सुविधा मनोरञ्जन अनुभवलाई अझ रोचक बनाउँछ।
सुरक्षा, मजबुती र दिगोपन
इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलकले पूर्ण सुरक्षा सुनिश्चित गर्छ। रेडमी नोट १५ ५जी ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ भने Wet Touch Technology २.० ले भिजेको स्क्रिनमा पनि सहज प्रयोगयोग्यता दिन्छ।
उपलब्धता र मूल्य
नेपालमा रेडमी नोट १५ फाइभजी १२ जिबी + ५१२ जिबी मोडल रु. ४६,९९९ र ८ जिबी + २५६ जिबी मोडल रु. ३९,९९९ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
