काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सिप्रदी, टाटा मोर्टसको आधिकारिक वितरक, ले ‘स्विच टु टियागो इभी’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।
यस अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्नेछन्। कम्पनीका अनुसार यो विशेष क्याम्पेन मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुनेछ।
अफरअन्तर्गत जुनसुकै ब्रान्डको दुईपाङ्ग्रे सवारी प्रयोगकर्ताले एक्सचेन्ज गरी टियागो इभी आकर्षक सुविधासहित खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। ग्राहकहरूले मात्र रु. ४,९९,००० डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन्।
विशेष सुविधाहरू:
-
पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन
-
आकर्षक नगद छुट
-
नि:शुल्क एक्सेसरिज
-
एक वर्षको सवारी कर छुट
-
आजीवन नि:शुल्क डीसी फास्ट चार्जिङ
-
नि:शुल्क होम चार्जिङ इन्स्टलेसन
कम्पनीले जनाएको छ कि सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुनेछ। इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोर्टसका आधिकारिक शोरुमहरूमा पुगेर मार्च १३, १४ र १५ का दिन उक्त अफरको लाभ लिन सक्नेछन्।
यो पहलले नेपालमा विद्युतीय सवारीको पहुँच र प्रयोग बढाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
