तेहरान। अमेरिका र इसराइलको आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी घाइते भएको पुष्टि भएको छ। अमेरिकी टेलिभिजन सिएनएनका अनुसार, खामेनीको खुट्टा भाँचिएको छ भने अनुहारमा सामान्य चोट लागेको छ।
डिसेम्बर २८ मा तेहरानमा भएको हवाई हमलामा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएकै समयमा मोज्तबा पनि घाइते भएका थिए। सोही हमलामा खामेनी परिवारका पाँच सदस्य पनि मारिएका थिए।
साइप्रसका लागि इरानी राजदूत अलिरेजा सलारियनले ब्रिटिश पत्रिका द गार्डियनलाई दिएको जानकारीअनुसार, मोज्तबा खामेनी त्यस दिनको हवाई आक्रमणमा घाइते भएका हुन्। सिएनएनका अनुसार, ५६ वर्षीय मोज्तबाको देब्रे आँखाको वरिपरी चोट लागेको र अनुहारमा सानो कट लागेको देखिएको छ।
इरानी राष्ट्रपति मशुद पेजिस्कियनका छोरा युसेफ पेजिस्कियनले पनि राज्य सञ्चार माध्यमसँग खामेनी सुरक्षित रहेको र स्वास्थ्य स्थितिसंेतावनापूर्ण रहेको जानकारी दिएका छन्।
खामेनी सार्वजनिक रूपमा अहिलेसम्म देखिएका छैनन् र भाषण दिने अवस्था छैनन्। इरानी सरकारी सञ्चारमाध्यमहरूले पुराना भिडियो र सीमित दृश्य प्रयोग गर्दै आएका छन्।
विश्लेषकहरूले मोज्तबालाई आफ्नो पिता अली खामेनीको सुरक्षा र राजनीतिक सञ्जालमा प्रभावशाली र कडा धारका नेता मान्ने गरेका छन्। सन् २०१९ मा अमेरिकाले उनलाई प्रतिबन्ध लगाएको थियो।
यस बीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको सर्वोच्च नेता चयनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मोज्तबा खामेनीको स्वास्थ्य र सुरक्षामा निगरानी कायम रहेको जानकारी अधिकारीहरूले दिएका छन्।
