इनिशा विकलाई न्याय दे भन्दै माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर विरोध प्रदर्शन चर्किएको छ। उक्त घटनाको विरोधमा आज माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर प्रदर्शन गरिएको हाे।

प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न माग गरेका छन्। उनीहरुले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे, पित्तृसत्ता मुर्दावाद, हत्यारालाई कारवाही गर ’लगायतका व्यानर बोकेका थिए ।

देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै पीडितलाई न्याय दिलाउन युवाहरु र दलित अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन्।