काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा एकै दिन उल्लेख्य गिरावट आएको छ।
महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८२ हजार रुपैयाँमा झरेको छ। यस अनुसार एकै दिनमा सुनको मूल्य तोलामा १२ हजार ५०० रुपैयाँले घटेको हो।
त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ५४० रुपैयाँमा आइपुगेको छ। यसअनुसार चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँले घटेको महासंघले जनाएको छ।
