काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेड ले चितवन, भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्ट सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।
सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले रिसोर्टको आवास, खाना तथा पेय पदार्थ (अकोमोडेसन, फुड र बेभरेज) मा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँगको आबद्धता प्रमाणित गरेपछि ग्राहकहरूले यो सुविधा सहज रूपमा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार यस सम्झौताबाट संस्थासँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।
सम्झौतामा बैंकको तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक जनार्धन रिजाल ले हस्ताक्षर गरेका हुन्।
बैंकले यस्ता सहकार्यमार्फत ग्राहक सेवामा थप सहजता र अतिरिक्त सुविधा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।
