सम्पदा लघुवित्तमा नयाँ अवसर खुला

काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड ले केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले खुला प्रतिस्पर्धामार्फत योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

संस्थाले व्यवस्थापकीय तथा सहायक दुवै श्रेणीका पदहरूमा कर्मचारी आवश्यक रहेको जनाएको छ।

व्यवस्थापकीय श्रेणी अन्तर्गत वरिष्ठ प्रबन्धक वा प्रबन्धक पदका लागि उम्मेदवारले मान्यता प्राप्त संस्थाबाट सीए वा एसीसीए तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा १ वर्ष वा अन्य संगठित संस्थामा कम्तीमा ३ वर्षको कार्यानुभव अनिवार्य गरिएको छ।

त्यसैगरी एनआरबी निर्देशिका, एनएफआरएस रिपोर्टिङ, कर कानुन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबारे ज्ञान भएकालाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

सूचना प्रविधि क्षेत्रका लागि सुपरिवेक्षक, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदमा समेत दरखास्त आह्वान गरिएको छ। यसका लागि सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह (+२) उत्तीर्ण हुनु पर्ने र कम्तीमा १ वर्षको कार्यानुभव आवश्यक हुने उल्लेख गरिएको छ।

उमेर हद अनुसार व्यवस्थापकीय पदका लागि २१ देखि ४५ वर्ष ननाघेको र सहायक पदका लागि १८ देखि ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाका लागि अधिकतम उमेर सीमामा ५ वर्ष थप सुविधा रहनेछ।

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित चैत २२ गतेभित्र संस्थाको केन्द्रीय कार्यालयमा भौतिक रूपमा वा इमेलमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।