सुनचाँदीमा मूल्य घट्दै उपभोक्तालाई राहत

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लाग्ने क्रम जारी रहँदा उपभोक्तालाई राहत मिल्न थालेको छ। हिजो प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि थप ६ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि हिजो छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। यसरी दुई दिनमै सुनको भाउ प्रतितोला १९ हजार रुपैयाँले घटेको देखिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ४२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। यसअघि हिजो चाँदीको भाउ ३५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।