काठमाडौँ । भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्याको समाधान गर्ने उद्देश्यसहित अत्याधुनिक ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
डिजिटल युगमा एकैपटक धेरै उपकरण सञ्चालन गर्ने आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको यो प्रविधिले पुरानो प्रणालीको तुलनामा करिब चार गुणा बढी कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ। यसले लेटेन्सीलाई न्यूनतम स्तरमा झार्दै एकै समयमा मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसका काम गर्दा पनि अवरोध नआउने सुविधा दिनेछ।
कम्पनीले २५० Mbps देखि ६०० Mbps सम्मका उच्च गतिको ‘वाइफाइ ६’ प्याकेजहरू उपलब्ध गराएको छ। जसअन्तर्गत २५० Mbps गतिको वार्षिक योजना १३ हजार ८०० रुपैयाँ (भ्याटसहित) मा उपलब्ध हुनेछ। वार्षिक प्याकेज लिने ग्राहकले थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क पाउनेछन्।
घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन भायानेटले ३ हजार ५०० रुपैयाँ (भ्याटसहित) मा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि उपलब्ध गराएको छ। यो मेस प्रणालीले बाक्ला भित्ताहरू वा ठूलो क्षेत्रफल भएका घरमा सिग्नल नपुग्ने समस्यालाई समाधान गर्ने बताइएको छ।
पुराना ग्राहकका लागि अपग्रेड प्रक्रिया पनि सहज बनाइएको छ। विद्यमान प्रयोगकर्ताले मात्र ५०० रुपैयाँ शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन्।
कम्पनीका अनुसार वाइफाइ ६ सेवाले ४के भिडियो स्ट्रिमिङदेखि अवरोधरहित अनलाइन गेमिङसम्म आधुनिक घरका सबै आवश्यकताहरू सहज रूपमा पूरा गर्ने क्षमता राख्छ। सेवा जडान वा थप जानकारीका लागि ग्राहकले ०१-५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको भायानेट कार्यालयमा जान सक्नेछन्।
