काठमाडौं । कामना सेवा विकास बैंकले चितवनको अशोका रेसोर्ट प्रालि तथा होटल अशोकासँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेज सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँग आबद्ध भएको प्रमाण प्रस्तुत गरेपछि ग्राहकहरूले सहज रूपमा यो सुविधा लिन सक्ने व्यवस्था गरिएको छ।
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई थप सुविधा प्रदान गर्दै सेवामा मूल्य अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ। साथै, यस्ता सहकार्यले ग्राहकसँगको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
उक्त सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन्।
