खाद्य आयातमा वृद्धि, चामल शीर्षमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको तथ्याङ्कअनुसार दैनिक उपभोग्य वस्तुहरूको आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। विशेषगरी धान, चामल, मकै, स्याउ तथा तरकारी जस्ता खाद्य वस्तुहरूको आयात बढेको भन्सार विभाग ले जनाएको छ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी आयात हुने खाद्य वस्तुमा चामल (धान, चामल र बासमतीसहित) अग्रस्थानमा रहेको छ। गत आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा २४ अर्ब ३६ करोड रुपैयाँ बराबरको चामल आयात भएकोमा चालु वर्षमा १४.६ प्रतिशतले वृद्धि भई २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

यो वृद्धि अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५५ करोड रुपैयाँले बढी हो। यसले देशमा खाद्य माग र उपभोग संरचनामा निरन्तर वृद्धि भइरहेको संकेत गरेको छ।

भन्सार विभागका अनुसार अन्य खाद्य वस्तुहरूको आयातमा पनि वृद्धि देखिए पनि चामल आयात सबैभन्दा उच्च रहेको छ।