बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
आज सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। केन्द्रका अनुसार, बझाङको रायाल आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
यस्तै, आज बिहान दार्चुलामा पनि भूकम्प गएको थियो। आज बिहान ३ बजेर ५१ मिनेट जाँदा दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि यही चैत ३ गते पनि दार्चुलाको सिटौला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
