नेतृत्वमा नयाँ सहभागिता

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड ले सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल का अनुसार जोली अमात्यलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो।

चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले महिला सञ्चालक पदमा जोली अमात्य लाई नियुक्त गर्ने निर्णय गरेको थियो। पर्सा जिल्ला, वीरगञ्ज–११ स्थायी ठेगाना भएकी अमात्यको नियुक्ति आजकै मितिबाट लागू भएको कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ नियुक्तिसँगै संस्थागत नेतृत्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।