लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नरमा भुसाल निर्वाचित

काठमाण्डौ – लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा तारा भुसाल निर्वाचित हुनुभएको छ ।

लायन्स क्लब अफ काठमाण्डौ शुभ आरम्भको संयाेजकत्वमा ललितपुरमा आयोजित महाधिवेशनबाट प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा तेजनारायण पराजुली, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा कृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बाल कृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्जय खेतान, डिष्ट्रिक्क गभर्नर एकनारायण शर्मा, गंगा देवि ढकाल, आईडी इन्डोर्स एण्ड एलसीआईएफ संयोजक राजन लम्साल, जीएटी क्षेत्रीय संयोजक शम्भु प्रसाद घिमिर, जीएमटी संयोजक मनि श्री रत्न बजाचार्य, पास्ट डिष्ट्रिक्क गभर्नर भीडीजीहरु, डिष्ट्रिक्क पदाधिकारी, क्लब अध्यक्ष, क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।