बैंक–स्वास्थ्य सहकार्य विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकस्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच ग्राहक तथा शेयर होल्डरहरुलाई विभिन्न सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारी भएको छ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामाज्यू र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन्।

सम्झदारीअनुसार अब बैंकका ग्राहकहरुले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्। त्यस्तै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरुले बैंकको क्रेडिट कार्डमार्फत उपलब्ध विभिन्न सेवाहरु उपयोग गर्न सक्नेछन्।

यसैगरी, ग्राहकहरुलाई थप सहज सेवा प्रदान गर्ने उद्देश्यले स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटिएम सेवा सञ्चालन गर्ने पनि समझदारीमा उल्लेख गरिएको छ।

बैंकले ग्राहकहरुलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तर प्रयासअन्तर्गत गरिएको यस सहकार्यबाट दुवै संस्थासँग आबद्ध ग्राहक, कर्मचारी तथा शेयर होल्डरहरुलाई सेवा सुविधा थप सहज र प्रभावकारी हुने विश्वास लिएको जनाएको छ।