व्यवस्थापनमा नयाँ मोड

काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक सुनिल बहादुर थापाले पदबाट राजीनामा दिएका छन्।

थापाले फागुन १५ गतेबाट लागू हुने गरी राजीनामा दिएका हुन्। उनी बैंकका संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै सञ्चालकको भूमिकामा रहेका थिए।

उनको राजीनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ।

राजीनामापछि बैंकको व्यवस्थापनमा केही परिवर्तन आउने अपेक्षा गरिएको छ।