काठमाडौं । सर्जियो गोरले रवि लामिछानेसँग टेलिफोन संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको हालैको निर्वाचन सफलताप्रति बधाई दिएका छन्।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उक्त संवादका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र आगामी सहकार्यका विषयमा समेत छलफल भएको थियो।
संवादमा अमेरिकी पक्षले नेपालको नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्न तथा दुई देशबीच आर्थिक सम्बन्ध अझ सुदृढ बनाउन इच्छुक रहेको धारणा व्यक्त गरेको जनाइएको छ।
यस संवादलाई नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने दिशामा सकारात्मक संकेतका रूपमा हेरिएको छ।