हेटौँडामा “एक्सपेरियन्स टोयोटा” कार्यक्रम, टेस्ट ड्राइभ र आकर्षक सुविधासहित

काठमाडौ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले चैत्र १२, १३ र १४ गते हेटौँडाको मेन रोडस्थित कफि बारमा “एक्सपेरियन्स टोयोटा” कार्यक्रम आयोजना गर्न लागेको छ।

यस कार्यक्रममार्फत हेटौँडा क्षेत्रका ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गरेर अनुभव गर्न पाउनेछन्।

विशेष सुविधाहरू:

  • हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्री इन्सुरेन्स, बैंकिङ सुविधा, रोड ट्याक्स।
  • टेस्ट ड्राइभ गर्ने ग्राहकहरूलाई आकर्षक उपहारहरू उपलब्ध।
  • कार्यक्रम अवधिभर ग्राहकहरूले युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले प्रदान गर्दै आएका विभिन्न सेवा र सुविधाबारे पनि जानकारी पाउनेछन्।

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले हेटौँडा तथा आसपासका सबै ग्राहक र सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा सहभागी भई टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ अनुभव गर्न आग्रह गरेको छ।

यो कार्यक्रमले ग्राहकहरूलाई टोयोटाको गाडी अनुभव गर्ने अवसरसँगै आकर्षक लाभ र सुविधा प्राप्त गर्ने सुनौलो मौका प्रदान गर्ने अपेक्षा गरिएको छ।