नयाँ प्रधानमन्त्री बन्नु अघि बालेनको नयाँ गीत ‘जय महाकाली’

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार

प्रधानमन्त्रीको रुपमा शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहले नयाँ गीत सार्वजनिक गरेका छन्।

बालेनको नयाँ गीत ‘जय महाकाली’

हिप–हप गायक समेत रहेका शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका हुन्। उनको गीत सार्वजनिक भएको करिब तीन घण्टामा दस लाखले हेरेका छन्।

यो गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो। गीतलाई रि(मास्टर गरेर भिडिओसहित सार्वजनिक गरिएको हो। भिडिओमा बालेनको चुनावी प्रचारका दृश्य समावेश छन्।

बालेनले थप दुई गीतलाई चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको उनी निकट स्रोतले बताएको छ।

 

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार