सुनचाँदीको भाउमा उल्लेख्य गिरावट

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउमा ठूलो कमी आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो। यसअघि बिहीबार छापावाल सुन २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि पनि सुनको मूल्य घट्दो क्रममा रहेको थियो, जहाँ बिहीबार मात्रै तोलामा २ हजार ९०० रुपैयाँले गिरावट आएको थियो। लगातारको गिरावटले सुन बजारमा चहलपहलमा केही कमी आएको व्यवसायीहरू बताउँछन्।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ६७० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार