संवैधानिक मार्गबाट बालेन प्रधानमन्त्री

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार

काठमाडौं । रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

रास्वपाले प्रतिनिधि सभामा बहुमत सिट प्राप्त गरेसँगै सोही संवैधानिक व्यवस्थाअनुसार बालेनलाई सरकार गठनको जिम्मेवारी दिइएको हो। यससँगै अब बालेन नेतृत्वमा एकल सरकार गठन हुने भएको छ।

संविधान जारी भएयता पहिलोपटक धारा ७६(१) को प्रयोगमार्फत प्रधानमन्त्री नियुक्त गरिएको विशेष सन्दर्भले यस घटनालाई ऐतिहासिक बनाएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहले छिट्टै पद तथा गोपनीयताको शपथ लिई मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढाउने तयारी गरिएको जनाइएको छ।

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार