काठमाडौं । डेल्टा अटोकर्प प्रालि ले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ युगको नयाँ राइड’ नामक विशेष अफर सार्वजनिक गरेको छ। नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरका आधिकारिक वितरक रहेको कम्पनीले ग्राहकलाई आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यसहित योजना ल्याएको हो।
कम्पनीका अनुसार उक्त अफर चैत १३ गतेदेखि देशभर रहेका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ। नयाँ वर्षको अवसरमा ग्राहकलाई सहज र लाभदायी खरिद अनुभव प्रदान गर्ने लक्ष्यसहित योजना अघि सारिएको बताइएको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले नगद खरिदमा ८ हजार ३०० रुपैयाँसम्म छुट पाउनेछन् भने एक्सचेञ्ज अफरमा थप १० हजार रुपैयाँ बोनस प्रदान गरिनेछ। साथै, बजारकै न्यून ४.९९ प्रतिशत ब्याजदरमा किस्ता (ईएमआई) सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई मनपर्ने स्कुटर सजिलै खरिद गर्न सहयोग गर्नेछ।
नयाँ वर्षको माहोललाई थप उत्साहजनक बनाउन, अफर अवधिमा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई ब्राण्डेड निःशुल्क एक्सेसरीज, जस्तै हेल्मेट र स्कुटर कभर उपलब्ध गराइनेछ। त्यस्तै, साप्ताहिक लक्की ड्रमार्फत सहभागी ग्राहकहरूले रूपाकोट रिसोर्ट मा लक्जरी गेटवे जित्ने अवसर समेत पाउनेछन्।
अफरबारे जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतो ले नयाँ वर्षलाई नयाँ अवसर र यात्राको सुरुवातको रूपमा लिँदै यस योजनामार्फत ग्राहकलाई प्रिमियम अनुभवसहित आत्मविश्वासपूर्ण सुरुवात गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको बताए।
कम्पनीले यस अभियानमार्फत ग्राहकलाई प्रिमियम स्कुटर मात्र नभई समग्र स्वामित्व अनुभवमा समेत मूल्य अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।
