टिभिएस एक्सचेन्ज कार्निभल सुरु

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार

काठमाडौं । जगदम्बा मोटर्स, शंकर ग्रुप अन्तर्गत तथा नेपालमा टिभिएस को आधिकारिक वितरकले ‘टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल’ सुरु गरेको छ। कार्यक्रम आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा आएको हो।

उद्घाटनको पहिलो दिनमै उत्साहजनक सहभागिता देखिएको छ। आयोजकका अनुसार ५०० भन्दा बढी आगन्तुकले कार्निभल अवलोकन गरेका छन् र विभिन्न गतिविधिमा सहभागी भएका छन्।

बिहानैदेखि स्थलमा निरन्तर आगन्तुकहरूको भीड देखिएको थियो। आगन्तुकहरूले टिभिएसका सम्पूर्ण दुईपांग्रे सवारी साधनको अवलोकन, टेस्ट राइड तथा पुराना बाइक एक्सचेन्जसम्बन्धी मूल्यांकन सेवामा सहभागिता जनाएका थिए।

ग्राहकलाई सहज बनाउन साइटमै एक्सचेन्ज मूल्यांकन तथा वित्तीय योजना सम्बन्धी परामर्श कक्ष पनि स्थापना गरिएको छ, जसले खरिद प्रक्रिया छिटो र सरल बनाएको छ।

कार्यक्रमको उद्घाटन साहिल अग्रवाल, अखिल गुप्ता तथा अश्विन श्रीनिवासन को उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा ब्रान्ड एम्बासडर प्रदीप खड्का, राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेल लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी पाहुनाहरूले प्रदर्शनी क्षेत्र अवलोकन गर्दै टिभिएसका नयाँ मोडल, विशेष अफर तथा सुविधाबारे जानकारी लिएका छन्।

कार्निभलमा दैनिक रूपमा विभिन्न आकर्षक गतिविधिहरू समावेश गरिएको छ। स्टन्ट प्रदर्शन, जिमखाना च्यालेन्ज, खेल तथा इन्टरएक्टिभ गतिविधि, खानाका स्टलहरू र लगातार टेस्ट राइड कार्यक्रमले आगन्तुकलाई मनोरञ्जन प्रदान गरिरहेको छ।

साथै, सांगीतिक प्रस्तुति अन्तर्गत याबी द गोएट र डीजे एमएक्सएनआईएसएचको लाइभ प्रस्तुति पनि हुने बताइएको छ।

आयोजकका अनुसार कार्यक्रममा ८ हजार रुपैयाँसम्मको भ्यालु एडिसन, ७ हजार रुपैयाँसम्मको नगद छुट तथा ३ हजार ७१० रुपैयाँदेखि सुरु हुने ईएमआई सुविधा उपलब्ध छ। साथै, ५० भन्दा बढी पुराना बाइक कम्पनीमार्फत एक्सचेन्ज कार्यक्रम सञ्चालन भइरहेको छ।

कार्यक्रम चैत १६ सम्म सञ्चालन हुने भएकाले आयोजकले ग्राहक तथा बाइकप्रेमीहरूलाई भृकुटीमण्डपमा आएर विशेष अफर र अनुभव लिन आग्रह गरेका छन्।

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार