सानिमा बैंकलाई भरोसाको मान्यता

काठमाडौँ । सानिमा बैंकले चैत्र २ गते केयर एन्ड रेटिङ्स नेपालबाट ‘केयर एनपी ए (आइएस)’ रेटिङ प्राप्त गरेको छ।

बैंकले आफ्नो विश्वसनीयता, वित्तीय स्थिरता तथा जिम्मेवार बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाउँदै लगेबापत उक्त मूल्याङ्कन हासिल गरेको जनाएको छ। यस रेटिङले बैंकको वित्तीय अवस्था सुदृढ रहेको र सेवा प्रवाहप्रति विश्वासिलो रहेको संकेत गरेको छ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा सेवा विस्तार गर्दै १३४ वटा शाखा कार्यालय र १२८ वटा एटिएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

यस उपलब्धिसँगै बैंकले आफ्नो सेवा गुणस्तर अझ प्रभावकारी बनाउँदै ग्राहकको विश्वास थप मजबुत बनाउने अपेक्षा गरिएको छ।