डिजिटल उपहार योजना तयारीमा

काठमाडौँ । एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूलाई लक्षित गर्दै नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरेको छ।

आधुनिक प्रविधिसँग जोडिएको उक्त योजनाअन्तर्गत ग्राहकहरूले क्युआर कोड स्क्यान गरेर विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन्। कम्पनीले यस योजनालाई अझ रोचक र अन्तरक्रियात्मक बनाउन हाल यसको विस्तृत विवरण गोप्य राखेको जनाएको छ।

कम्पनीका अनुसार यो योजना ग्राहकको सहभागिता बढाउने र डिजिटल अनुभवलाई अझ सहज तथा प्रभावकारी बनाउने उद्देश्यले ल्याउन लागिएको हो।

कम्पनी स्रोतका अनुसार, “हामी केही नयाँ र रोमाञ्चक योजना ल्याउँदैछौं, जसअन्तर्गत ग्राहकहरूले केवल स्क्यान गरेरै मूल्यवान् उपहार जित्न सक्नेछन्,” भन्ने जानकारी दिइएको छ।

यस योजनासम्बन्धी थप विवरण, पुरस्कारहरूको प्रकृति तथा सहभागिता प्रक्रियाबारे कम्पनीले छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।