पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सोमबार सुनुवाइ हुने भएको छ।
आइतबार ओली पत्नी राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। शाक्यले दिएको रिट दर्ता भएको र सोमबार सुनुवाइ तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
त्यस्तै, लेखक पत्नी यशोदा लेखकले आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दिएकी हुन्। उनको रिट पनि दर्ता भएको छ भने सोमबार सुनुवाइ तोकिएको छ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई सरकारले पक्राउ गरिएको थियो।
