काठमाडौं । महालक्ष्मी विकास बैंक ले “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण सार्वजनिक गरेको छ। बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रममा उक्त डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको हो।
परम्परागत रूपमा प्रकाशन हुँदै आएको क्यालेन्डरलाई समयअनुसार आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ डिजिटल संस्करण ल्याइएको बैंकले जनाएको छ। नयाँ संस्करणमा महत्वपूर्ण चाडपर्व, तिथि, सार्वजनिक विदा, शुभ साइतका साथै विक्रम संवत, नेपाल संवत र अङ्ग्रेजी संवतका मितिहरू समावेश गरिएका छन्।
डिजिटल क्यालेन्डर प्रयोगकर्ताका लागि सहज, उपयोगी र व्यावहारिक हुने विश्वास बैंकले व्यक्त गरेको छ। यसले नेपाली संस्कृतिको संरक्षण, सम्बर्द्धन र निरन्तरतामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
उक्त “महालक्ष्मी डिजिटल क्यालेन्डर २०८३” क्यूआर कोड स्क्यान गरी सहजै हेर्न वा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै आएको बैंकले विगत ३१ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरू आबद्ध रहेका छन्।
