काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि हुँदा बजारमा पुनः उत्साह देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सोमबार भने सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। यसअघि सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घट्दै ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
