स्मार्ट घरका लागि आकर्षक अफर

काठमाडौं । नयाँ वर्षको अवसर पारेर सामसङले ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियानअन्तर्गत टिभी तथा होम एप्लायन्समा विशेष अफर सार्वजनिक गरेको छ। यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुने कम्पनीले जनाएको छ।

यस अभियानअन्तर्गत सामसङका विभिन्न टिभी तथा होम एप्लायन्समा आकर्षक छुट उपलब्ध गराइएको छ। कम्पनीका अनुसार टिभीमा अधिकतम २५ प्रतिशतसम्म, वाशिंग मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट प्रदान गरिएको छ।

टिभी खरिदमा थप सुविधा स्वरूप छनोट गरिएका मोडेलहरूमा १२ महिनासम्मको NETTV प्याकेज निःशुल्क उपलब्ध गराइएको छ भने केही मोडेलमा ६ महिनासम्मको प्याकेज पनि समावेश गरिएको छ। वाशिंग मेसिनतर्फ विशेषगरी एआई इकोबबल प्रविधियुक्त मोडेलहरू खरिद गर्दा ६ केजी Surf Excel Matic निःशुल्क उपहार पाइने व्यवस्था गरिएको छ।

टिभीअन्तर्गत QLED (५५–८५ इन्च) मा २५ प्रतिशतसम्म छुटसहित १२ महिना NETTV, UHD (४३–६५ इन्च) मा १० प्रतिशतसम्म छुटसहित १२ महिना NETTV, FHD (४३ इन्च) मा ७ प्रतिशत छुटसहित ६ महिना NETTV र HD (३२ इन्च) मा २१ प्रतिशत छुटसहित ६ महिना NETTV उपलब्ध गराइएको छ।

वाशिंग मेसिनतर्फ एआई इकोबबल वाशर ड्रायर (९–११ केजी) मा २३ प्रतिशतसम्म र एआई इकोबबल फ्रन्ट लोड (९–१२ केजी) मा २० प्रतिशतसम्म छुट रहेको छ। त्यस्तै, फुल्ली अटोमेटिक टप लोड (८ केजी) र सेमी अटोमेटिक टप लोड (७ केजी) मा १२ प्रतिशतसम्म छुट उपलब्ध छ।

रेफ्रिजरेटरअन्तर्गत ७०० लिटर क्षमताको SBS मा ११ प्रतिशत, ३५०–४१९ लिटरको 5 in 1 मा १६ प्रतिशत, २५३–२७५ लिटरको डबल डोरमा १७ प्रतिशत र १९२–२३० लिटरको सिंगल डोरमा १५ प्रतिशतसम्म छुट प्रदान गरिएको छ।

ग्राहकलाई थप सहजता दिन २४ महिना EMI योजना पनि ल्याइएको छ, जसअन्तर्गत ५० हजार रुपैयाँभन्दा माथिका उपकरणहरू ४० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ। यसले मासिक किस्ता घटाएर झण्डै आधा बनाउने कम्पनीको दाबी छ।

Hulas Finserve Hire Purchase Ltd. मार्फत उपलब्ध इन्स्टा फाइनान्स सेवाबाट १२ महिना EMI मा ० प्रतिशत ब्याजदरमा खरिद गर्न सकिनेछ भने २४ महिना EMI मा ७.९९ प्रतिशत ब्याज लागू हुने जनाइएको छ।

यसका साथै, ग्राहकहरूले आफ्ना पुराना उपकरणहरू ArkoStore वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेञ्ज गरेर नयाँ उपकरण खरिद गर्न सक्नेछन्। कम्पनीले अफरबारे थप जानकारीका लागि नजिकको अधिकृत स्टोरमा सम्पर्क गर्न आग्रह गरेको छ।