त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश सफा पारिदै

आकाशमा जहाजको लाम (होल्ड) र भुइँमा पार्किङको सकस। मुलुकको एक मात्र व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) ले वर्षौँदेखि खेप्दै आएको यो सास्ती अब इतिहास बन्ने दिशामा छ। विमानस्थलको गुरुयोजना अनुसार उत्तर(पूर्वी क्षेत्र अर्थात् गोठटारतर्फ अहिले युद्धस्तरमा विस्तार कार्य भइरहेको छ।

विमानस्थलको क्षमता बढाउन र हवाई सुरक्षालाई अभेद्य बनाउन प्राधिकरणले गोठटार क्षेत्रमा भौतिक संरचनाको नयाँ सञ्जाल नै खडा गर्दैछ।

विमानस्थल विस्तारको यो परियोजना केवल टालटुल मात्र होइन, यसले टीआईएको ुमहारूपु नै बदल्दैछ। अहिले मुख्य गरी यी तीन काममा शक्ति केन्द्रित गरिएको छ जसअन्तर्गत जहाज अवतरण र उडानलाई थप सहज बनाउन धावनमार्गको लम्बाइ बढाइँदैछ।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई पार्किङमा समस्या नहोस् भनेर नयाँ एप्रोन निर्माण भइरहेको छ रनवे एन्ड सेफ्टी एरिया (आरईएसए) लाई थप मजबुत बनाइँदैछ, जसले आपत्कालीन अवस्थामा सुरक्षाको ग्यारेन्टी गर्नेछ।

गोठटारतर्फको भिरालो र खाली जमिनमा अहिले भीमकाय मेसिनहरू र सयौँ मजदुरहरू परिचालन गरिएका छन्।

अन्तर्राष्ट्रिय टर्मिनलतर्फ जहाजको पार्किङ क्षमता बढाउनु यसको मुख्य प्राथमिकता हो।

यो विस्तार कार्य सम्पन्न भएपछि टीआईएमा हुने ट्राफिक जामु कम हुने र ठूला जहाजहरू थप सहजताका साथ आउजाउ गर्न सक्नेछन्।

वार्षिक १ करोड यात्रु धान्ने लक्ष्य राखेको यो पूर्वाधार विकासलाई नेपालको पर्यटन र वैदेशिक व्यापारका लागि लाइफलाइन मानिएको छ।