उदयपुरमा चैतेधान विस्तार, रोपाइँ तीव्र

उदयपुर । उदयपुर जिल्लाका विभिन्न भागमा चैतेधान रोपाइँ तीव्र रूपमा अघि बढ्दै गएको छ। हालसम्म करिब १ हजार १०० हेक्टर क्षेत्रफलमा चैतेधान रोपिएको छ।

जिल्ला कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सङ्गीता ज्ञावली का अनुसार उदयपुरमा हरेक वर्ष करिब १ हजार ५०० हेक्टरमा चैतेधान रोप्ने गरिन्छ। यस वर्ष बाँकी रहेको करिब ४०० हेक्टर क्षेत्रफलमा पनि यही महिनाभित्र रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।

उनका अनुसार खेतमा धमाधम रोपाइँ भइरहेकोले निर्धारित क्षेत्रफलमा समयमै रोपाइँ पूरा हुने देखिएको छ।

जिल्लाका आठ पालिकामध्ये उदयपुरगढी गाउँपालिकारौतामाई गाउँपालिका मा सबैभन्दा बढी चैतेधान रोपिएको छ। साथै ताप्ली गाउँपालिका, कटारी नगरपालिका, त्रियुगा नगरपालिकाचौदण्डीगढी नगरपालिका मा पनि चैतेधान रोपाइँ भइरहेको छ।

यस वर्ष अनुकूल मौसम र सक्रिय किसानका कारण उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।