काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।
आज सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेको छ। हिजो प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ। यससँगै सुनको मूल्य करिब ३ लाख रुपैयाँ नजिक पुगेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
