पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
आज बिहीबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
आज म्याद थपका लागि निवेदन दिँदा ओली र लेखकलाई भने अदालतमा उपस्थित गराइएको थिएन। दुवै जनालाई भिडिओ कलमार्फत न्यायाधीशले सोधपुछ गरिएको थियो ।
जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले ओली र लेखकलाई चैत १४ गते पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएका कारण ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। लेखकलाई भने प्रहरी हिरासतमै राखिएको छ।
प्रहरीले पूर्वगृहमन्त्री लेखकको बयान लिइसकेको छ। ओलीको भने बयान लिन बाँकी नै रहेको प्रहरीले जनाएको छ।
