डिजिटल प्रयोगलाई प्रोत्साहन

काठमाडौँ । एनसेलले आफ्ना ग्राहकहरूका लागि एनसेल एपमार्फत दैनिक १ सय एमबी निःशुल्क डेटा उपलब्ध गराउने नयाँ अफर सुरु गरेको छ । डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन र ग्राहक अनुभव सुधार गर्ने उद्देश्यसहित कम्पनीले यो योजना सञ्चालनमा ल्याएको हो ।

यस अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन एनसेल एपको ‘बाइ प्याक’ मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्नेछन् । उक्त डेटा प्रयोग गरेर ग्राहकहरूले एपका विभिन्न सेवा सहज रूपमा उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

एनसेल एपमार्फत रिचार्ज, डेटा तथा भ्वाइस प्याक खरिद, विभिन्न सेवा तथा गेमहरू एकै स्थानबाट प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । कम्पनीका अनुसार यो अफरले ग्राहकलाई डिजिटल जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ ।

यसैबीच, एनसेलले ‘प्ले एन्ड वीन’ नामक अतिरिक्त अफर पनि सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रूपमा एपमा विभिन्न गतिविधि र गेमहरू खेल्दै ५० जीबीसम्म डेटा जित्न सक्नेछन् ।

ग्राहकहरूले दैनिक रूपमा स्पिन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड वीन जस्ता गेममा सहभागी भई अंक संकलन गर्न सक्नेछन् । हप्ताभरि संकलित अंकका आधारमा ग्राहकको र्‍याङ्क निर्धारण गरिनेछ र सोही अनुसार डेटा पुरस्कार प्रदान गरिनेछ ।

कम्पनीका अनुसार प्रत्येक हप्ता कुल ३ हजार ४ सय १० जना ग्राहकले डेटा पुरस्कार प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा जित्ने अवसर पाउनेछन् ।