नेप्सेमा ७ करोडभन्दा बढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता विभिन्न कम्पनीका कुल ७ करोड ७५ लाख ४७ हजार ४३.९ कित्ता सेयर सूचीकृत भएका छन् । नेप्सेका अनुसार बैंक, बिमा र जलविद्युत् क्षेत्रका बोनस तथा अग्राधिकार सेयरहरू सूचीकरण गरिएको हो ।

साताभरको सूचीकरण विवरण:

  • नबिल बैंक — ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर — ५ करोड कित्ता
  • प्रभु महालक्ष्मी लाइफ — ४ प्रतिशत बोनस सेयर — २० लाख ४१ हजार ४५९.२ कित्ता
  • विन्ध्यवासिनी हाइड्रोपावर — ५.२६ प्रतिशत बोनस सेयर — ५ लाख ६४ हजार ९०० कित्ता
  • एनएलजी इन्स्योरेन्स — ४ प्रतिशत बोनस सेयर — १० लाख २६ हजार ८९.७८ कित्ता
  • युनिभर्सल पावर कम्पनी — ९ प्रतिशत बोनस सेयर — २० लाख ५१ हजार ९३६.९३ कित्ता
  • प्राइम कमर्सियल बैंक — ८ प्रतिशत बोनस सेयर — १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता
  • महालक्ष्मी विकास बैंक — ५ प्रतिशत बोनस सेयर — २१ लाख ४८ हजार २२९.०८ कित्ता
  • अरुण भ्याली हाइड्रोपावर — ५ प्रतिशत बोनस सेयर — १९ लाख २४ हजार १ कित्ता
  • साङ्ग्रिला डेभलपमेन्ट बैंक — ५ प्रतिशत बोनस सेयर — १७ लाख ७८ हजार १२७.८६ कित्ता
  • समता घरेलु लघुवित्त — ५ प्रतिशत बोनस सेयर — ३ लाख १४ हजार ५२५.७८ कित्ता
  • महुली लघुवित्त — ४.७५ प्रतिशत बोनस सेयर — १ लाख ७५ हजार ७१३.६६ कित्ता

नेप्सेमा आइतबार नबिल बैंकको ५ करोड कित्ता अग्राधिकार सेयर सूचीकृत भएको थियो भने सोमबार र मंगलबार अन्य कम्पनीका बोनस सेयर थपिएका हुन् । सूचीकरण भएका यी सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछन् ।