सामसङको नयाँ A सिरिज प्रि-अर्डर खुला

काठमाडौँ । सामसङ नेपालले आफ्नो नयाँ ए सिरिजअन्तर्गत ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजीको प्रि–अर्डर खुला गरेको छ । यी स्मार्टफोनमा आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

प्रि–अर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) खुला रहनेछ ।

सामसङ नेपालका एमएक्स बिजनेसका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितका अनुसार नयाँ ग्यालेक्सी ए सिरिजले आर्टिफिसियल इन्टेलिजेन्सलाई सर्वसाधारण प्रयोगकर्तासम्म पुर्‍याउने उद्देश्य राखेको छ । उनले २४ महिनासम्मको ईएमआई सुविधामार्फत प्रविधिलाई अझ सहज बनाइएको बताए ।

मुख्य विशेषता

नयाँ ग्यालेक्सी ए सिरिज One UI 8.5 द्वारा सञ्चालित छ । यसमा भ्वाइस ट्रान्सक्रिप्सन, एआई सिलेक्ट, ओब्जेक्ट इरेजर, फिल्टर र एडिट सजेसनजस्ता एआई टुलहरू समावेश छन् । ग्यालेक्सी ए५७ फाइभजीमा बेस्ट फेस र अटो ट्रिम जस्ता अतिरिक्त सुविधा पनि उपलब्ध छन् । गूगलको सर्कल टु सर्च र सुधारिएको बिक्सबी तथा जेमिनी सपोर्ट समेत यसमा समावेश गरिएको छ ।

क्यामेरातर्फ दुवै मोडलमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप छ । न्याटोग्राफी र सुधारिएको इमेज प्रोसेसिङका कारण कम उज्यालोमा पनि स्पष्ट फोटो र भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए५७ फाइभजी ६.९ एमएम पातलो डिजाइनमा उपलब्ध छ भने ५००० एमएएच ब्याट्रीले लामो समयसम्म प्रयोग गर्न सकिने बताइएको छ । सुपर एमोलेड डिस्प्ले र भिजन बुस्टरले उत्कृष्ट दृश्य अनुभव दिने कम्पनीको दाबी छ ।

सुरक्षाका लागि आईपी६८ वाटर र डस्ट रेसिस्टेन्स, नक्स भल्ट, सेफ्टी ड्यासबोर्ड, प्राइभेट सेयरिङ र थेफ्ट प्रोटेक्सनजस्ता सुविधा समावेश छन् । साथै, ६ वर्षसम्मको सुरक्षा अपडेट र ओएस अपग्रेड उपलब्ध हुने बताइएको छ ।

मूल्य विवरण

ग्यालेक्सी ए५७ फाइभजी
– १२जीबी/२५६जीबी: ८९ हजार ९९९ रुपैयाँ
– ८जीबी/२५६जीबी: ८४ हजार ९९९ रुपैयाँ

ग्यालेक्सी ए३७ फाइभजी
– १२जीबी/२५६जीबी: ७९ हजार ९९९ रुपैयाँ
– ८जीबी/२५६जीबी: ७२ हजार ९९९ रुपैयाँ
– ८जीबी/१२८जीबी: ६४ हजार ९९९ रुपैयाँ

प्रि–अर्डर अफरअन्तर्गत ए५७ फाइभजी (१२जीबी) मा ४ हजार रुपैयाँ बराबरको मेमोरी अपग्रेड र ए३७ फाइभजीमा २५ सय रुपैयाँ बराबरको अपग्रेड उपलब्ध हुनेछ । साथै, २४ महिनासम्मको ईएमआई सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।