अनुगमन कडा, बजारमा सुधार संकेत

काठमाडौं । बजारलाई स्वच्छ र व्यवस्थित बनाउन निरन्तर अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ ।

आज गरिएको स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले ती व्यवसायलाई आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

विभागका अनुसार मेट्रो मार्केट प्रालि, सेलवेज क्यास एण्ड क्यारी प्रालि, मेगा मार्ट प्रालिभाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि लाई तीन दिनभित्र कागजातसहित उपस्थित हुन भनिएको छ ।

यसैगरी मुना कृषि लिमिटेड लाई पनि सोही प्रकारको निर्देशन दिइएको विभागले जनाएको छ । थप १० वटा अन्य फर्मलाई भने सुधारात्मक निर्देशन जारी गरिएको छ ।

विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा कालाबजारी नियन्त्रण तथा अखाद्य वस्तुको बिक्री वितरण रोक्ने उद्देश्यले नियमित अनुगमन गर्दै आएको जनाएको छ ।

यस कदमले बजारमा पारदर्शिता बढाउने, उपभोक्ताको हित संरक्षण गर्ने र व्यवसायलाई नियमअनुसार सञ्चालन गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।