काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल ले नेपाली उपभोक्ताका लागि आकर्षक उपहार तथा छुटसहितको विशेष योजना सार्वजनिक गरेको छ ।
“नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात” नारासहित ल्याइएको यस अफरअन्तर्गत अत्याधुनिक प्रविधियुक्त टेलिभिजन तथा होम अप्लायन्स खरिद गर्दा ग्राहकहरूले उल्लेखनीय लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत टीसीएलका विभिन्न उत्पादन खरिद गर्दा रु. २,००,०८३ सम्म क्यासब्याक पाउने अवसर उपलब्ध हुनेछ । साथै प्रत्येक खरिदमा ‘शुअर सट’ उपहार सुनिश्चित गरिएको छ, जसले ग्राहकलाई तत्काल लाभ दिनेछ ।
अफरमा नेपालकै ठूलो QD–Mini LED TV सहित रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर (स्प्लिट र क्यासेट), VRF सिस्टम तथा साउन्ड सिस्टमजस्ता आधुनिक उपकरण समावेश छन् ।
विशेष सुविधाका रूपमा वाशिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट उपहार, एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन र अन्य विभिन्न आकर्षक सेवा सुविधा उपलब्ध गराइएको छ ।
यसका साथै ग्राहकहरूले सीजी इलेक्ट्रोनिक्स मार्फत ० प्रतिशत ईएमआई सुविधासमेत उपयोग गर्न सक्नेछन्, जसमा “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिदलाई अझ सहज बनाएको छ ।
टीसीएलले विश्वभर आफ्नो गुणस्तरीय उत्पादनमार्फत पहिचान बनाउँदै ग्लोबल टप १ ब्रान्डको रूपमा स्थान सुरक्षित गरेको छ । साथै कम्पनी विश्वव्यापी ओलम्पिक पार्टनरका रूपमा अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि मजबुत बनाउँदै आएको छ ।
