काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसरमा सेन्सेइ ले “सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ” नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।
“इन्जिनियरड इन जापान” अवधारणामा आधारित यस अभियानमार्फत ग्राहकलाई घरायसी उपकरण खरिदमा थप लाभ र उत्साह प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत सेन्सेइका विभिन्न होम अप्लायन्स खरिद गर्दा ग्राहकले अधिकतम रु. २८,७०० सम्म तुरुन्त क्यासब्याक पाउनेछन् । साथै उत्पादनअनुसार विशेष उपहार पनि उपलब्ध हुनेछ ।
फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट र सेमी–अटोमेटिक वासिङ मेसिन खरिदमा १ केजी एरियल उपलब्ध गराइनेछ । त्यस्तै एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सेवा प्रदान गरिनेछ ।
यस योजनाको मुख्य आकर्षण बम्पर उपहारस्वरूप हिरो स्प्लेन्डर प्लस मोटरसाइकल रहेको छ । ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी विवरण दर्ता गरेपछि लक्की ड्रमा सहभागी हुन सक्नेछन्, जसबाट एक भाग्यशाली विजेताले मोटरसाइकल जित्ने अवसर पाउनेछन् ।
सेन्सेइ चौधरी समूह अन्तर्गतको विश्वसनीय ब्रान्ड हो, जसले रेफ्रिजेरेटर, एसी, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर र एलईडी टिभी लगायतका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
नेपालभर सीजी इलेक्ट्रोनिक्स मार्फत शोरूम तथा अधिकृत डिलरहरूबाट सेन्सेइका उत्पादन सहज रूपमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
