सुनचाँदी बजारमा उत्साह, मूल्यमा उकालो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढ्दै ४ हजार ८२० रुपैयाँ पुगेको छ ।