काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ–६’ प्रविधिमा आधारित नयाँ उच्च गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्दै प्रयोगकर्तालाई अझ द्रुत र स्थिर कनेक्टिभिटी प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।
कम्पनीका अनुसार आधुनिक घरमा एकै समयमा धेरै उपकरण प्रयोग हुने आवश्यकतालाई ध्यानमा राख्दै यो प्रविधि विकास गरिएको हो । पुरानो प्रविधिको तुलनामा करिब चार गुणासम्म बढी कार्यक्षमता प्रदान गर्ने यस प्रणालीले लेटेन्सी घटाउँदै स्मूथ इन्टरनेट अनुभव दिनेछ । यसले एकै समयमा स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसका काम गर्दा पनि कुनै अवरोध नहुने कम्पनीको दाबी छ ।
भायानेटले २५० एमबीपीएस देखि ६०० एमबीपीएस सम्मका वाइफाइ–६ आधारित प्याकेज उपलब्ध गराएको छ । तीमध्ये २५० एमबीपीएस गतिको वार्षिक योजना रु. १३,८०० (भ्याटसहित) मा उपलब्ध हुनेछ । वार्षिक ग्राहक बन्ने प्रयोगकर्ताले थप १ महिनाको इन्टरनेट सेवा निःशुल्क पाउनेछन् ।
साथै घरभरि समान इन्टरनेट सिग्नल विस्तार गर्न कम्पनीले रु. ३,५०० (भ्याटसहित) मा ‘वाइफाइ–६ मेस’ राउटर पनि उपलब्ध गराएको छ । बाक्ला भित्ता वा ठूलो घरमा देखिने सिग्नल समस्या समाधान गर्न यो मेस प्रणाली उपयोगी हुने कम्पनीले जनाएको छ ।
पुराना ग्राहकका लागि अपग्रेड प्रक्रिया पनि सहज बनाइएको छ । हालका प्रयोगकर्ताले मात्र रु. ५०० मा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ–६ ओएनयूमा परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।
४के भिडियो स्ट्रिमिङदेखि बिना अवरोधको गेमिङसम्मका आधुनिक डिजिटल आवश्यकतालाई यो नयाँ प्रविधिले सहज रूपमा पूरा गर्ने भायानेटको विश्वास छ ।
