काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग तत्काल सम्झौता नभए कडा कदम चालिने चेतावनी दिएका छन् । सीएनएनका अनुसार पत्रकार सम्मेलनमा बोल्दै उनले आवश्यक परे इरानमाथि सैन्य विकल्पसहित कठोर निर्णय लिन अमेरिका तयार रहेको संकेत दिएका हुन् ।
ट्रम्पले इरानका पूर्वाधार, ऊर्जा संरचना र अन्य रणनीतिक संरचनामा ठूलो क्षति पुग्न सक्ने चेतावनी दोहोर्याउँदै अमेरिका कुनै पनि विकल्प प्रयोग गर्न पछि नपर्ने बताएका छन् । उनले “भोलिसम्म सम्झौता नभए गम्भीर परिणाम हुनेछ” भन्दै समयसीमा समेत तोकेका छन् ।
यस विषयमा हालसम्म इरान ले औपचारिक प्रतिक्रिया दिएको छैन । ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय स्तरमा इरान–अमेरिका सम्बन्धमा पुनः तनाव बढ्ने संकेत देखिएको छ ।
